प्रधानमन्त्रीको चीन भ्रमण इतिहासकै सफल, कांग्रेसलाई साथमा लिएर गरे बिआरआईमा सम्झौता

काठमाडौं । बेइजिङमा आज दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्नुभएको हो ।

फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ ।

सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ । यद्यपि यसको पूर्ण विवरण भने आइसकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *