सीसँग बहुत राम्राे, एकदमै राम्राे कुराकानी भयाे: प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग धेरै राम्राे कुराकानी भएकाे बताउनुभएकाे छ ।
बिहीबार चीन भ्रमण पूरा गरेर स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै बाेल्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग राम्राे कुराकानी भएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे – ‘सीसँग बहुत राम्राे, एकदमै राम्राे कुराकानी भयाे, नेपाल चीन मित्रताकाे कुरा भयाे, मित्रतालाई प्रगाढ बनाउने कुरा भयाे, हाम्रो मित्रता कसैविरुद्ध होइन, हाम्रै पक्षमा मात्र हो भन्ने कुरा पनि भयो, यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुर्याउने कुरा भयाे ।’
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे सञ्जारकर्मीकाे जिज्ञासामा प्रधानमन्त्री ओलीले यसबारे कुरा नभएकाे बताउनुभयाे ।