चीनसँग कुनै पनि ऋण सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पर्नुभएको छ ।

चीन भ्रमणबाट फर्किएपश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै उहाले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ । ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।’

प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको चर्चा भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नलाई खण्डन गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन । भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन ।’

प्रधानमन्त्रीलाई अब दक्षिणको भ्रमण कहिले गर्नुहुन्छ ? भनेर पनि सोधिएको थियो ।

उहाले जवाफमा भन्नुभयो, ‘अब एरेन्ज गर्नुपर्छ । फर्केकै दिन कसरी भन्ने ।’

ओलीले भ्रमणमा नेपाल–चीनको सम्वन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *