प्रधानमन्त्री ओलीले एक महिनाको तलब झापाको मानवसेवा आश्रमलाई दिने

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४,आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले संयुक्त रूपमा सो उद्घाटन र शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा आश्रमका लागि २ बिगाहा ५ कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो । प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो १ महिनाको तलब र प्रथम महिला शाक्यले २ महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *