पूर्वप्रधानमन्त्री प्रचण्डले दिए प्रहरी अनुसन्धान प्रभावित पार्ने अभिव्यक्ति

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रहरी अनुसन्धान प्रभावित पार्ने अधिव्यक्ति दिएका छन् । सोमबार सामाजिक संजालमार्फत् उनले सहकारी ठगी प्रकरणको अनुसन्धान प्रभावित पार्ने अधिव्यक्ति दिएका हुन् ।

प्रहरीले नै अनुसन्धान प्रभावित पार्ने कुनै अभिव्यक्ति सार्वजनिक नगर्न संचार माध्यमलाई ध्यानाकर्षण गराइरहेका बेला प्रचण्डले लामिछानेलाई रिहा गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । गम्भीर मुद्दामा अनुसन्धान भइरहेका बेला उनको अधिव्यक्तिले अनुसन्धान प्रभावित हुनसक्ने प्रहरीका उच्च अधिकारीहरु बताउँछन् ।

प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको व्यवहार प्रतिशोधपूर्ण रहेको अभिव्यकति दिएका हुन् । साथै उनले रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको भन्दै यसको निन्दा गरेका छन् ।

२ कात्तिक २०८१ मा प्रहरीले पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको थियो । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर लामिछानेलाई प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो । रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा अनुसन्धान भइरहेको छ ।

लामिछानेलाई अनुसन्धानका लागि आज वीरगन्ज पुर्‍याइएको छ । उनलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो । यही सन्दर्भमा उनीमाथि निरन्तर अनुसन्धान जारी रहदा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अनुसन्धानलाई प्रभावित पर्ने खाल्को स्टाटस फेसबुकमा लेखेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *