प्रचण्डको छेपारे प्रवृतिका कारण दिक्क भएका वाइसियलका नेता एमाले प्रवेश
चितवन । नेकपा माओवादी केन्द्रका युवा नेता चितवन जिल्ला कमिटि सदस्य तथा वाइसियलका केन्द्रिय सदस्य क.अबिरल पोखरेल आजबाट एमाले प्रवेश गर्नुभएको छ । उहालाई नेकपा एमाले चितवनका नेताहरुले स्वागत गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छेपारे प्रवृतिका कारण यति बेला माओवादी केन्द्रका कार्यकर्ता आजित भएका छन् । विद्रोह राजनीतिको जगबाट उभिएका प्रचण्ड सेकेण्डभरमै रुप बदल्न सिपालू छन् ।
उनको यही प्रवृतिका कारण यति बेला उनका कार्यकर्ता धमाधम पार्टी परिवर्तन गरिरहेका छन् ।