पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुदा ५ जना घाइते

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ ।

ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।

जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले बताए।

घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *