प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले आज बिदाइ भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधुरीलाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्नुभयो भने राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको अवगत गराउनुभयो ।

भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । राजदूत चौधुरी सरुवा भइ नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा हुनुहुन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *