सूर्यदर्शन सहकारी ठगीमा संलग्न जीबीसहित १९ जनाविरुद्ध आज मुद्दा दायर हुँदै

काठमाडौं । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध मुद्दा दर्ता गराउने तयारी गरेको छ ।

यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गर्न लगिएको सरकारी वकिल कार्यालय कास्कीकी सुचना अधिकारी शान्ति देवी शर्माले जानकारी दिइन् ।

‘यसअघि नै अदालतबाट मुद्दा चलेका १९ जनाविरुद्ध आज थप अभियोग दर्ता हुँदैछ,’ उनले भनिन्, ‘अन्यको हकमा आज हुँदैन।’

कास्की प्रहरीले रास्वपा सभापती रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल राखिएको छ ।

सरकारी वकिल कार्यालयले यसअघि सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध मुद्दा चलाएको थियो ।

यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, आइस्मा गुरुङ र भविश्वर अर्याल, लेखा समितिका संयोजक सागर केसी, सदस्य ललिता तामाङ र दिनेश रोका , लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध कार्यालयले मुद्दा दर्ता गराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *