त्रिवि क्रिकेट मैदान बनाएरै छाड्ने प्रधानमन्त्रिको दृढता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको प्रधानमन्त्रि केपी शर्मा ओलिले फेसबुकमा एक स्टाटस मार्फत जानकारी दिनुभएको छ।
उहा प्रधानमन्त्रि भएपश्चात क्याबिनेटको पहिलो बैठक बाट कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय भएपनि जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लागेको उक्त स्टाटसमा उल्लेख छ ।

प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ। बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ। बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म छ। सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ।
यसअघि फ्लड लाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुई पटक रद्द भएका थिए ।
