रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश
कास्की। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्कीमा पेश भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो ।
अहिले कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ ।