रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपा सचिवालय बैठकमा जुट्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि सचिवालय बैठक बोलाएको छ। बैठक आज ४ बजे बस्ने गरी बोलाइएको जानकारी उपसभापति डीपी अर्यालले दिएका छन्।

बैठकमा सभापतिविरुद्ध दर्ता भएको मुद्दा र पार्टीको आगामी रणनीतिका विषयमा छलफल हुने स्रोतले जनाएको छ।

रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि संसद सचिवालयमा पनि उनलाई निलम्बन गर्न पत्राचार भइसकेको छ।

तर, संसद सचिवालयले यस विषयमा अहिलेसम्म निर्णय गरेको छैन। यसबारे निर्णय लिनका लागि सभामुखसँग भेटघाटका लागि दुई जना सांसद पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *