बालकोटमा बुबा र भाइको हत्या गरेको स्वीकार्दै मिलन आचार्यले गरे प्रहरीमा आत्मसमर्पण
काठमाडौं। भक्तपुरको सूर्य विनायक नगरपालिका-२ स्थित बालकोटमा बुबा र भाइको हत्या गरेका मिलन आचार्य पक्राउ परेका छन्।
सोमबार बिहान बालकोट स्थित एक डेरामा ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा हत्याको आशंका कूलप्रसादका जेठा छोरा मिलन आचार्यमा केन्द्रित भएको थियो।
मंगलबार बिहान मिलन आचार्य स्वयं महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बुबा र भाइलाई मारेको कुरा स्वीकार गरेका छन् ।
उनी पक्राउपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका टोलीले आवश्यक सोधपुछको लागि घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको जनाइएको छ। घटनाबारे जानकारी दिँदै एसएसपी सानुराम भट्टराईले भने, “उनी नियन्त्रणमा छन् र घटनामा हाम्रो अनुमान सही प्रमाणित भएको छ।”
प्रहरीका अनुसार, मिलनले हत्या गरेको स्वीकार गरेका छन् र अब थप अनुसन्धान भइरहेको छ।