लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

काठमाडौं। सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यका रूपमा निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा समितिका सभापति रामहरि खतिवडाले लामिछानेलाई समितिको सदस्यबाट निलम्बन गरिएको घोषणा गरे। उनले निलम्बनको सम्बन्धमा जारी गरिएको पत्रको जानकारी सभासदहरूलाई पढेर सुनाए।

लामिछानेको निलम्बनविरुद्ध रास्वपा अदालत जाने तयारीमा रहेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *