एकीकृत समाजवादी गण्डकी प्रदेशको अधिवेशन पोखरामा हुदैँ

काठमाडौं। नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ ।

पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जानकारी दिएका छन।
उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको बताएका छन् ।

अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ ।

पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।  पार्टीले हालै नेताहरुको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *