हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण
काठमाडौँ । भक्तपुरको साँगामा हेली एभरेस्टको एक हेलिकोप्टर आकस्मिक अवतरण भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार हेलिकोप्टरमा उडिरहेको अवस्थामा चरा ठोक्किएपछि उक्त विमानलाई आकस्मिक अवतरण गर्नुपरेको हो।
विमानमा ६ जना यात्रु सवार थिए। शेर्पाका अनुसार चरा ठोक्किएपछि विमानमा कुनै समस्या उत्पन्न नभएको र सबै यात्रु सुरक्षित रहेको जानकारी दिए। यो हेलिकोप्टर लुक्लाबाट काठमाडौँ आउँदै थियो।
आकस्मिक अवतरणका क्रममा कुनै पनि जनधनको क्षति नभएको र यात्रुहरूको सुरक्षा सुनिश्चित गरिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।