बाबुराम भट्टराई र सोविता गौतमबीच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ।
मंगलबार भट्टराईको निवासमा सम्पन्न भेटमा देशको राजनीतिक र आर्थिक अवस्था, वैकल्पिक राजनीति र अन्य समसामयिक विषयमा गहन छलफल भएको जानकारी प्राप्त भएको छ।
नेसपाका अध्यक्ष भट्टराईले आफ्नो फेसबुक पेजमा यसबारे टिप्पणी गर्दै लेखेका छन्, “रास्वपा की युवा सांसद सोविता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थरराजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श भएको छ।”
यस भेटमा भविष्यमा मुलुकका लागि वैकल्पिक राजनीतिक दृष्टिकोण र चुनौतीहरूको बारेमा व्यापक विचारविमर्श भएको बताइएको छ।
यसै बीच भट्टराईले केही समय अघि पोखरा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पनि भेटेका थिए। भेटपछि उनले लामिछानेमाथि सरकारले राजनीतिक प्रतिसोध लिएको प्रतिक्रिया दिएका थिए।