‘बाल विवाह मुक्त नेपाल’ अभियानमा प्रधानमन्त्री ओलीको हस्ताक्षर

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ मा हस्ताक्षर गर्नुभएको छ।

मंगलबार राष्ट्रिय बाल कल्याण परिषद्को नेतृत्वमा आरम्भ भएको यस अभियानमा प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्दै बाल विवाहविरुद्धको संघर्षमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

बाल विवाहलाई सामाजिक समस्या र कानूनी अपराध मान्दै प्रधानमन्त्री ओलीले यस अभियानको सक्रिय समर्थन गर्नुभएको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार बाल विवाहलाई दण्डनीय अपराधको रूपमा चिन्हित गरिएको छ।

यस अवसरमा पूर्वमहिला बालबालिका र ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र बाल विवाह भोगेका विभिन्न अभियानकर्ताहरूको उपस्थिती थियो।

प्रधानमन्त्री ओलीले बाल विवाहविरुद्धका प्रयासलाई थप मजबुत बनाउन र यसलाई समाप्त गर्न सबैले मिलेर काम गर्नु पर्ने बताउनुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *