सूर्यदर्शन सहकारी प्रकरणस् रवि लामिछानेसहित ७ जनाको थुनछेक बहस सम्पन्न

पोखरा : पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान लिएपछि पहिलो दिनको थुनछेक बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

उक्त बहसमा रवि लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझिदार लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान लिइएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणका आरोपहरू समेत लगाइएका छन्।

सरकारी वकिलको कार्यालयले यस प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधका आरोप पनि लगाइएको छ । साथै रवि लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *