नेपालकी प्रथम महिला राजदूत बिन्देश्वरी शाहको निधन
काठमाडौं : नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पु¥याउनुएकी पुर्व राजदुत बिन्देश्वरी शाहको निधन भएको छ। ९१ वर्षको उमेरमा बिहीबार बिहान उहाको निधन भएको हो।
सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा जन्मनुभएकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिनुभएको थियो। उहाले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गर्नुभएको थियो।
शाहले सन् १९५९ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सेवा सुरू गर्नुभएको थियो । उहाले वासिङटन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हाल्नुभएको थियो। सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त हुनुभएकी शाह नेपालकी पहिलो महिला राजदूत हुनुन्थ्यो।सन् १९६६ मा उहाले डा. नारायण केशरी शाहसँग विवाह गर्नुभएको थियो भने उहाका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन्। अनिल शाह पूर्वबैंकर हुन्। उज्वल शाहको भने पहिले नै निधन भइसकेको छ।
शाहको निधनले नेपालको कूटनीतिक क्षेत्रमा योगदान दिने एक अनुभवी व्यक्तित्व गुमाएको छ। अन्त्येष्टि कार्यक्रम परिवारको निर्णयअनुसार गरिने जनाइएको छ।