सिन्धुपाल्चोकमा ४.८ रेक्टर स्केलको भूकम्प, काठमाडौं र आसपासका क्षेत्रमा झट्का महसुस (अपडेट)
काठमाडौं: सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रको माझिटार केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प सिन्धुपाल्चोकका साथै काठमाडौं उपत्यका र रसुवा क्षेत्रमा पनि महसुस भएको थियो।
भुकम्पको केन्द्रविन्दु स्थानदेखि ५० किलोमिटरसम्मको क्षेत्रभित्र तीव्रता महसुस गरिएको छ।
भूकम्पको झट्का काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकलगायत आसपासका स्थानमा महसूस भएको थियो।