सशस्त्र प्रहरी बनेर देशको सेवा गर्ने इच्छा छ? ११७९ जनाका लागि भर्ना खुल्यो

काठमाडौँ: सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र चार दर्जामा ११७९ जनाका लागि दरखास्त माग गर्दै विज्ञापन निकालेको हो ।

बलले प्रहरी निरीक्षक ६८ र सहायक निरीक्षक दर्जाका लागि ८३ जना भर्ना गर्ने भएको छ। यस्तै जवानतर्फ ९ सय ४१ जनाको दरखास्त खुलाएको छ। परिचरतर्फ भान्से २०, कुचीकार १९, सूचीकार १०, केशकर्तक २४ र चर्मकर्मी १४ जना मागेको छ।

दरखास्त फाराम सशस्त्र प्रहरी बलको स्वयम्भू हलचोकस्थित प्रधान कार्यालयसँगै मुलुकभरका कार्यालय र युनिटहरुमा उपलब्ध हुने शुक्रबार जारी सूचनामा उल्लेख छ । दरखास्त बुझाउने अवधि एक महिनाको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *