एमाले केन्द्रीय कार्यालयको बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा बस्ने भएको छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डाबारे छलफल गरिनेछ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र कार्यालय सचिवसहितका सदस्यहरू छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *