एक साताभित्रै भुक्तानी पाएपछि उखु किसान मख्ख 

महोत्तरी: चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।

यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन्। गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल रू २० वृद्धि गरेको छ। आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेका हुन्। 

यसपालि उखुको मूल्य रू पाँच सय ८५ प्रतिक्विन्टल तोकिएको छ। गत वर्ष यो मूल्य रू पाँच सय ६५ प्रतिक्विन्टल थियो। यसबाहेक सरकारले प्रतिक्विन्टल रू ७० अनुदानबापत दिनेछ। यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *