ड्रोन आक्रमणमा परी युक्रेनमा रूसी पत्रकारको मृत्यु, चार जना घाइते
युक्रेन : युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक रूसी युद्ध संवाददाता मृत्यु भएको छ भने अन्य चार जना सञ्चारकर्मी घाइते भएका छन्।
रूसी समाचार संस्था रिया नोभोस्तीले यस घटनाको जानकारी दिएको छ।
डोनेट्स्क-गोर्लोभका राजमार्गमा रूसी पत्रकारको कारमा ड्रोन प्रहार हुँदा रूसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको जनाइएको छ।
“गोर्लोभकामा भएको गोलाबारी पछिको दृश्याङ्कन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ। राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,” आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भने ।
डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको जानकारी दिएका छन्।
यता रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पत्रकारमाथि भएको आक्रमणको ‘उचित समयमा प्रतिक्रिया’ दिने बताएका छन्।