मौसम प्रतिकूल हुँदा उडान प्रभावित ,अधिकांश विमानस्थलमा उडान हुन सकेन
काठमाडौं : घना हुस्सु र तुवालोका कारण आइतबार विहानदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने अधिकांश उडानहरू प्रभावित भएका छन्।
भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थल मात्रै खुला रहेको र अरु विमानस्थलहरू आज विहान साढे १० बजेसम्म बन्द रहेका छन्।
विमानस्थल स्रोतका अनुसार मौसमका कारण उडान प्रभावित भएको र काठमाडौँबाट बाहिर जाने यात्रुहरूको चाप बढेको जानकारी प्राप्त भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक टर्मिनल अधिकारीहरूले उडानमा रोकावट आएकाले यात्रु व्यवस्थापनमा कठिनाइ भइरहेको बताएका छन्।
जाडो महिनामा प्रायः यस्तो समस्या आउने गरेको छ । यस वर्ष पनि मौसमको अनुकूलता नहेरी उडानमा असर परेको बताइएको छ।
विमानस्थल कार्यालयले यात्रुहरूलाई भने मौसमको स्थिति ध्यानमा राखी मात्र यात्रा गर्न आग्रह गरेको छ।