माओवादी केन्द्रको बैठकमा प्रचण्डको प्रस्ताव माथि छलफल जारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको छलफल काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार सभाहलमा जारी छ। बैठकमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्नुभएको छ । अहिले राजनीतिक प्रस्तावमा छलफल भइरहेको छ।

दोस्रो दिनको बैठकमा नेताहरूलाई तीन मिनेटको समयसीमा दिइएको छ । हिजोको बैठकमा प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

उहाले पार्टीको प्रभावलाई देशभर फैलाउँदै जनताप्रति केन्द्रित अभियान सञ्चालन गर्ने योजना पनि प्रस्तुत गर्नुभएको छ।

प्रचण्डले आगामी चुनावमा कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने निर्णय गर्नुभएको छ भने माधव नेपाल र प्रभु साहसँग एकताको प्रयास जारी राख्ने प्रस्ताव पनि राख्नुभएको छ।

उहाले पार्टी नेताहरूको जीवनशैलीमा जनताले उठाएको प्रश्नलाई ध्यानमा राख्दै आगामी फागुन १ भित्र केन्द्रदेखि प्रदेश तहसम्मका सबै नेताहरूलाई अनिवार्य सम्पत्ति विवरण बुझाउने प्रस्ताव पनि उठाउनुभएको छ।

बुधबारसम्म चल्ने बैठकमा पार्टीको आगामी योजनाबारे महत्वपूर्ण निर्णय लिइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *