मुगुमा मौलिक मेला: रैथाने अन्नबालीको बिउ प्रदर्शनी तथा ऐचोपैचो कार्यक्रम

 मुगु: मुगुस्थित खत्याड गाँउपालिकाको रातापानीमा स्थानीय रैथाने अन्नबालीको बिउ प्रदर्शनी मेला तथा ऐचोपैचो कार्यक्रम सम्पन्न भएको छ । 

मुगु अन्नको भण्डार मानिएको खत्याड गाँउपालिकामा पूर्खादेखि खेती गर्दै आएका स्थानीय धान,कोदो,मकै,फापर,चिनो,कागुनो,मार्से,भटमासलगायत अन्य तरकारी, लोपन्मुख अन्नबाली वा फलफूल लगायत ९० प्रकारका बस्तुहरुको मेलामा प्रदर्शन गरिएको हो ।

पालिकाभित्र उत्पादन हुने अन्नबाली, तरकारी एवम फलफुलको बिउ बिजनलाई बाहिरी जिल्लाबाट आएका विउबिजनले विस्थापित गर्ने भएकाले रैथानी उत्पादनलाई संरक्षण एवं प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *