पूर्वउपराष्ट्रपति पुनको राजनीतिमा फर्किने निर्णयमा माओवादी केन्द्र भित्रै विरोध

काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को राजनीतिमा फर्कने निर्णयमाथि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलको क्रममा माओवादीका पूर्वमन्त्री सुदन किरातीले पुनको राजनीतिमा फर्किने निर्णयलाई आलोचना गर्दै उहाले ,”भन्नुभयो उपराष्ट्रपति पद सम्हालेका व्यक्तिको अब सक्रिय राजनीतिमा फर्कनुले राम्रो सन्देश नदिने छ ।”

किरातीले भन्नुभयो, “१२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ “। उहाले अध्यक्ष प्रचण्डको प्रतिवेदन समग्रमा राम्रो रहेको टिप्पणी गर्दै यसको कार्यान्वयनमा जोड दिनुभएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *