चिनको तिब्बतमा ठूलो भूकम्प, नेपालमा समेत धक्का महसुस (अपडेट)
काठमाडौं: काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा मंगलबार बिहान ठुलै भूकम्पको धक्का महसूस गरियो ।
अमेरिकन जियोलोजिकल सर्भेको डेटा अनुसार यो भुकम्प तिब्बतमा गएको हो। बिहान ६:५० बजे तिब्बतको सिगात्से नजिक केन्द्रविन्दु भएर ७.१ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ।
तिब्बतमा केन्द्रविन्दु भए पनि यसको धक्का नेपालसँगै चीन, भारत र भूटानसम्म महसूस गरिएको देखिन्छ ।
विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।