तिब्बत भूकम्प अपडेट १० : उद्धार र राहतमा लाग्न चिनियाँ राष्ट्रपति सीको आव्हान

काठमाडौँ : चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको छ। मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६।८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु९गहिराइ० १० किलोमिटर रहेको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी चिनफिङले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल लैजानसमेत निर्देशन दिनुभएको छ। सीले भूकम्पपछि विस्थापित भएकाहरूलाई पुन स्थापना गर्न पनि तत्परता देखाउन निर्देशन दिनुभएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *