रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा कास्कीबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा दायर भएकाले उनी आज आफैं अदालतमा हाजिर भएका हुन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए। उनलाई परिवारको जिम्मा लगाउँदै अदालतले आफैं उपस्थित हुने कागज जारी गरेको थियो।