हामी सँग देश विकासको प्रष्ट भिजन छ : मन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक परिवर्तन गर्न सरकारको भिजनको जरुरी हुने बताउनुभयो । उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धीत सरकारसँग देश विकासको प्रष्ट भिजन रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो,“हामी सँग देश विकासको प्रष्ट भिजन छ ।”
नेपाल टेलिभिजनमा आज सार्वजनिक सेवा प्रसारण(पिएसबी) को पूर्वारम्भ कार्यक्रम संबोधन गर्दै मन्त्री गुरुङले हाल सम्म विगतमा भत्कीएका र बिग्रीएका बेथीतिलाई सुधार गर्दै देश सहि दिशातर्फ उन्मुख हुन लागेको बताउनुभयो ।
उहाँले विकासका विभिन्न अवरोध सिर्जना गर्ने आधारहरुलाई तत्काल सुधार गर्न र विकासको तिब्रता सँगै, शुसासन जोगाउन सरकारले अध्ययादेश ल्याएको बताउनुभयो । “अब मुलुक कोमाबाट निस्कीएर आइसियुमा सम्म आइपुगेकोछ,” उहाँले भन्नुभयो,“केहि समयमा हामीले मुलुकलाई स्वस्थ र चलायमान बनाउछौँ ।”
उहाँले लोकतान्त्री समाजमा सरकारको सहि आलोना गर्न पाइने समेत तर्क राख्नुभयो । जनताले सहि सूचना पाउनु पर्छ तर गलत सूचना होइन भन्ने उहाँको जोड थियो ।