चार क्विन्टल बढी रक्तचन्दनसहित काँडाघारीबाट दुई जना पक्राउ
काठमाडौं : काठमाडौँको काँडाघारी क्षेत्रबाट प्रहरीले चार क्विन्टल बढी रक्तचन्दनसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।
मंगलबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरिएको रक्तचन्दन बरामद गरेको हो।
प्रहरी स्रोतका अनुसार बरामद गरिएको रक्तचन्दनको कुल वजन ४६२ किलो छ। पक्राउ गरिएका दुई जनाको नाम र ठेगाना भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन।