बर्दिबास को हमाल टोलमा मोटर साईकल दुर्घटना हुदा युवक को निधन

फागुन १३गते :महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका १ हमाल टोलस्थित सडकमा प्रदेश २-०४-००१ प ३४४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा चालक सोही नगरपालिका २ बस्ने २८ वर्षीय सन्जोग राउतको मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *