सिन्धुलि मा एनसेल टावर मा  बम विष्फोट

सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विष्फोट भएको छ । बिहिबार जिल्लाको कमलामाई नगरपालिका ४ खट्टारमा रहेको एनसेल टावरमा कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक अनिल कुमार खड्काले बताउनुभयो । उहाँका अनुसार टावरमा केहि पड्किएको जस्तो आवाज आएको भनेर स्थानियले खबर गरेपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो । अपरिचित व्यक्तिले टावरको उत्तरतर्फको तारको जाली काटेर टावर क्षेत्रमा प्रवेश गरि कुकर बम पड्काएको उहाँले बताउनुभयो । बम विष्फोटको कारण एनसेल टावरको बक्समा क्षति पुगेको छ । टावर परिसर भित्र र बाहिर पिपल लिब्रेसन आर्मी ( जनमुक्ति सेना) लेखिएको १५ थान पर्चा पम्प्लेट फेला परेको डिएसपी खड्काले जानकारी दिनुभयो । घटनामा संलग्न व्यक्तिको खोजितलास तथा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यसअघि गत चैत्र २ गते जिल्लाको सुनकोशी गाउँपालिका वडा नं.१ दुम्जा डाँडा स्थित वि.पि.पार्कमा नेपाल टेलिकमको टावर नजिक कुकर बम बिष्फोट गरिएको थियो । सो समयमा पनि पिपल लिब्रेसन आर्मी (जनमुक्ति सेना) लेखिएको पर्चा फेला परेको थियो । हालसम्म उक्त घट्नाको दोषी फेला परेका छैनन् (यो खबर अन्न पु ण मा छ।)


Leave a Reply

Your email address will not be published. Required fields are marked *