छुरा प्रहार बाट  एक को ज्यान गयो

बैशाख २गते :छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ । छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको शनिबार राति सवा ८ बजे मृत्यु भएको हो ।

स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनका अनुसार तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेका छन् छन् । फरारको खोजी भइरहेको कार्कीले सुनाए ।

प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमान्डमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *