बन्दीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा- यादवराज आचार्य

 

वैशाख ४, मंगलवार,

 

बन्दीपुर गाउँपालिका तनहुँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यादवराज आचार्यले सम्हालेका छन्। सोमबारदेखि आचार्यले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।

यसअघि बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालको जिल्ला समन्वय समिति कार्यालय चितवन सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आचार्य लाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा जिम्मेवारी प्रदान गरेको हो।


प्रमुख प्रशासकीय अधिकृत आचार्य यसअघि जिल्ला समन्वय समिति कार्यालय धादिङमा कार्यरत रहेका थिए।
शुक्रबार बन्दीपुर गाउँपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य र बन्दीपुर गाउँपालिकाबाट सरुवा भई अजीरकोट गाउँपालिका गोरखा जाँदै गरेका गाउँपालिकाका इन्जिनियर सन्तोष थापा लाई बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा उपाध्यक्ष पञ्चमाया गुरुङ वडा बन्दीपुर गाउँपालिकाका वडा अध्यक्षहरू कार्यपालिका सदस्य र कर्मचारीहरूले फेरि भेटौंला तथा स्वागत कार्यक्रममा बधाई तथा शुभकामना आदानप्रदान समेत गरेका छन्।

गाउँपालिकाका कर्मचारीले कर्मचारीहरूको हक हितमा काम गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल र इन्जिनियर सन्तोष थापालाई कर्मचारीको हकहितमा गर्नुभएका काम र कार्यालयप्रति भएको योगदान सम्झन लायक भएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *