परिक्षा दियर फर्कदै गरेकि छात्रा माथि गोलि प्रहार

झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई गोली प्रहार भएको हो ।अधिकारी हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै थिइन् ।

गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ । दमकस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको छ। गोली हानेर फरार अभियुक्तको खोजी भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *