जेठ ६गते आइतवार को राशिफल हेर्नुस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ चिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसीले कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धन जनको पनि बृद्दी हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । काममा उत्साह जाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केहि लगानीपछि फाइदा हुनेछ । आज नसोचेको ठाउँबाट धनको लाभ हुने देखिन्छ । साथै ब्यापार ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको गलत अर्थ लाग्नाले आत्म सम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला । साथै, भौतिक साधनको क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा सफलता हात लाग्ला ।