जिप दुर्घटना हुदा १२जाना घाईते

मुगु खत्याड गाउँपालिकास्थित सेरी जाममा बिहीबार जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । उनीहरुमध्ये ९ जना विद्यार्थी छन् ।

प्रहरीका अनुसार बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षक रारा भ्रमण गर्न आउने क्रममा जीप दुर्घटना हुँदा ९ जना विद्यार्थी, २ जना शिक्षिका र एक जना चालकसहित १२ जना घाइते भएका हुन् ।

ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको खत्याड गाउँपालिका-२ का वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिए । उनले भने, ‘घाइते १२ जनाको भित्र कति चोट लागेको छ ? भन्ने थाहा भएन । बाहिर टाउकोमा चोट लागेर रगत आएको अवस्था छ ।’

घाइते विद्यार्थी, शिक्षिका र चालकलाई थप उपचारको लागि खत्याड रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ । जीप सडकबाट २५ मिटर तल खसेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *