सिन्धुलि मा प्रहरि को मोटर साईकल दुर्घटना हुदा दुई प्रहरि घाईत

जेठ २७गते :गस्ती गरेर चौकीतर्फ फर्कने क्रममा सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगडेवेँसीस्थित भित्री सडकमा प्रहरीको मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।

आइतबार अपरान्ह भएको दुर्घटनामा परी चालक धनुषाको कमला नगरपालिका-९ घर भई फिक्कल गाउँपालिका-६ मा रहेको रत्नावती प्रहरी चौकीका इन्चार्ज असइ रविन्द्र ठाकुर र पछाडि बसेर सवार तनहुँ भिमाद नगरपालिका-७ का प्रहरी सहायक हवल्दार सुर्यकुमार श्रेष्ठ घाइते भएका छन् ।

प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । चौकी इन्चार्ज ठाकुरको अवस्था चिन्ताजनक रहेकाले हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भएको घटनास्थलमै रहेका सिन्धुली प्रहरीका एसपी गोविन्द काफ्लेले जानकारी दिए ।

घाइते श्रेष्ठको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ ।#याे खबर कान्तिपुर मा छ#


Leave a Reply

Your email address will not be published. Required fields are marked *