रामेछाप मा जिप दुर्घटना हुदा एक को मृत्यु ९घाईते

असार २६ गते :रामेछापको मन्थलीबाट मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप मंगलबार दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *