सिन्धुलि मा चिर्पट प्रहार गरि एक को हत्या

साउन १गते :चिर्पटले हानेर एक व्यक्तिको हत्या गरेको आरोपमा सिन्धुलीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. २ चालिसेबगरका ३० वर्षिय आशमान वाईवा र ३८ वर्षिय भुन्टे भन्ने ज्ञानबहादुर वाईवा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार वाइवाद्वयले चालिसेबगरकै ३० वर्षिय टिकाबहादुर बुढाथोकीसँग सापटी पैसा फिर्ता माग्ने क्रममा बिवाद हुँदा हायुटारबाट रामपुर जाने सडक खण्डको मिलनचोकमा दाउराको चिर्पटले प्रहार गरि घाईते बनाएका थिए । बुढाथोकीलाई आइतवार राती ११ बजेर ५० मिनेटको समयामा चिर्पटले प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताउनुभयो । घाईते बुढाथोकीको सिन्धुली अस्पतालमा उपचारको क्रममा सोमवार बिहिान १२ः ४५ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी खड्काले जानकारी दिनुभयो ।#सिन्धुलि साैगात बाट #


Leave a Reply

Your email address will not be published. Required fields are marked *