हवल्दार ले चलाय को मोटर साईकल को ठ्क्कर बाट एक को मृत्यु

साउन ६गते :जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दारले चलाएको मोटरसाईकलले ठक्कर दिँदा भरतपुरमा पैदल यात्री महिलाको मृत्यु भएको छ ।

गत शुक्रबार राती ८ बजेको समयमा भरतपुर–२ बाईपास रोडमा विशालचोकबाट आँपटारीतर्फ जाँदै गरेको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आँपटारी बस्ने ४२ वर्षिय यात्री सुस्मा श्रेष्ठको दुर्घटना पश्चात ठाउकोमा गम्भीर चोट लागेकोले नयाँ मेडिकल कलेजमा उपचार भईरहेको थियो ।

उपचारको क्रममा आइतबार विहान १० बजेर ५० मिनेटको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागी भरतपुर अस्पतालमा राखिएको छ ।

भरतपुर–११ बस्ने मोटरसाईकल चालक ३८ वर्षिय प्रहरी हवल्दार सूर्य न्यौपानको सामान्य उपचार पश्चात डिस्चार्ज भई हाल नियन्त्रणमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *