अफिम सहित ट्रक चालक पक्राउ

साउन ७गते :रुकुम पश्चिममा लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका-१४ छेपारेबाट सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय मदनप्रकाश गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

आठविसकोटको छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्दा ५ किलो ५ सय ४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमख डिएसपी नवराज पोखरेलले जानकारी दिए ।

पोखरलका अनुसार गत शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ गिरीले चलाएर लैजाँदै गरेको भे १ क १७८० नम्बरको ट्रकमा लागूऔषध अफिम प्रहरीले फेला पारेको हो । सोही ट्रकको सह–चालक बस्ने सिटको मुनि पहेलो रङको चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारिएको बताईएको छ ।

त्यस्तै प्रहरीले एउटा डिजिटल तराजु, नेपाली नगद तिन हजार, टेक्नो पोभा कम्पनीको ठूलो मोवाइल र लाभा कम्पनीको सादा मोवाइल गरी दुई वटा मोवाइल र गिरीको चलाएको ट्रक समेत बरामद गरिएको प्रहरी पनि बताएको छ ।

गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको माम्द थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *