दुर्घटना परेका सबै यात्रु को शव पोस्टमार्टम का लागि  त्रिवि शिक्षण अस्पतालमा

साउन ९गते :दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको शव पोस्टमार्टमका त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ । अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भिड लागेको छ ।  दुईवटा शवको पहिचान गर्न सकिने अवस्थामा छन् बाँकीको शव जलेर चिन्न नसकिने अवस्थामा छ । शवको पहिचान गर्ने क्रम जारी छ ।

जहाजमा सवार एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महताे, पुण्यरत्न शाही, अरेफ रेडा निधन भएको छ ।

जहाजका क्याप्टेन मनिष शाक्यको भने केएमसी अस्पताल सिनामङ्गलमा उपचार जारी छ ।  उहाँको अवस्था खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार कक्षमा उपचार भइरहेको अस्पतालका चिकित्सक डा. विशद दाहालले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *