ताप्लेजुङमा भूकम्पको धक्का महसुस

साउन १३गते :शनिबार राति ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। राति १०:३० बजे फक्ताङलुङ गाउँपालिका आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले

भूकम्पले मज्जाले हल्लाएको स्थानीयले जनाएका छन्। तर क्षतिको विवरण नरहेको फक्ताङलुङ गाउँपालिका २ का वडाध्यक्ष भुपेन्द्र चौलागाईंले जानकारी दिए ।

गएको असार २६ गते बेलुका पनि ४ .४ म्याग्निच्युडको भूकम्प यही पालिका आसपास भएर गएको थियो । २०६८ असोज १ गते बेलुका ६:२५ बजे यही पालिका केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १ सय ११ को मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *