आफै लाई गोलि हानि सैनिक जवान ले गरे आत्मा हत्या

साउन १९गते :पूर्वी नवलपरासी —अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफ‌ैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

२२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी धादिङको गल्छी गाउँपालिका–४ निवासी हुन् । अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत थिए । आत्महत्याको कारण भने खुलेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *