बोरामा बाधेर फालिय को अबस्था मा शव भेटियो

रुपन्देहीको तिलोत्तमामा बोरामा पोको पारेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बोरामा पोका पारिएको अवस्थामा अन्दाजी २५/२६ वर्षका युवकको शव फेला परेको हो

भदाै३१गते :

तिलोत्तमा–१३ चिलियास्थित खेतमा काम गर्न गएका स्थानीयले सोमबार बिहान साढे ७ बजे बोरामा पोका पारेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार उक्त शव करिब १ सातादेखि बोरामा रहेको हुन सक्ने बुझिएको पण्डितले बताए । शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

शव कसको हो भनेर पहिचान हुन सकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *